Close sidebar

चैत्र १, बाँके। बैजनाथ गाउँपालिका ५ वनखेतमा श्रृङ्गारिक महाआरती हुने भएको छ । बैजनाथ गाउँपालिका ५ जि गाउँ वनखेत शिवालय टोलमा आगमी चैत १ गते बाट ८ गते सम्म श्रृङगारिक महा– आरती ‘धर्म जागरण महा– महोत्सव २०८०’ सञ्चालन हुदैछ। शिवालय मन्दिरको सर्वाङ्गीण विकास, धर्मशाला निर्माणर्थ र अक्षयकोष स्थापनार्थ गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको हो […]

२४ फाल्गुन, नेपालगंज।  नेपालगंजमा मध्य रातमा डाँकाहरुको कुटपिट बाट एक व्यक्तिको मृत्यु भएको छ भने केही घाईते छन्। नेपालगंजको खजुरा रोड पुरानो जय नेपाल ईट्टा उद्योग अगाडि एक घरमा मध्य रातमा डाँकाहरुको समुहको डकैति र कुटपिट बाट श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाईते छिन। शंकास्पद केही व्यक्तिहरुलाई प्रहरिले नियन्त्रणमा लिएको छ।  

२४ फाल्गुन, काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राई पक्राउ परेको विषय हल्ला मात्र भएको नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरले बताएका छन्। हामीसंग फोनमा कुरा गर्दा उनले भने – “पक्राउ परिसकेका छैनन्। पक्राउ परेको भए थाहा भइहाल्थ्यो नि। हल्लाको पछाडि नलाग्न आग्रह गर्दछु।”

२१ फाल्गुन, काठमाडौं। माओवादी-कांग्रेसको सत्ता गठबन्धन भत्किएको छ । यो संगै माओवादी एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने तयारी रहेको कुरा बाहिरिएको छ। एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन्। रास्वपा र राप्रपा पनि सरकारमा सहभागी हुने भएका छन्। रवि लामिछाने गृहमन्त्री बन्ने सम्भावना प्रवल रहेको छ। नेकपा एमालेको सचिवालय बैठक चल्दा चल्दै जनमत पार्टीका अध्यक्ष […]

२१ फाल्गुन, काठमाडौं। सालिनको न्यायको लागि आज माईतीघरमा प्रदर्शन हुदैछ। सालिनका आफन्त र केही अभियान्ता मिलेर आज दिउँसो ११ बजे माईतीघरमा कार्यक्रम गर्न लागिएको सालिनका बुवाले जानकारी दिए। हिजोमात्र टिचिङ हस्पिटलले पोष्टमार्टम रिपोर्ट निकालेको थियो। रिपोर्टले सालिनको बलात्कार नभई आत्महत्या भएको देखाएको थियो। हस्पिटलले आफुलाई रिपोर्ट नदिएको भन्दै आफन्तहरुले प्रदर्शन गरेका थिए। लगतै प्रहरीले युवराज […]

१८ फाल्गुन, काठमाडौं। अभिनेत्रीको चरित्र हत्या गरेको भन्दै डिल्लीराम खनाललाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ। न्यायाधीस माधव प्रसाद अधिकारीको इजलासले खनाललाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि २७ फाल्गुनको पेसी तोकेको छ। डिल्लीराम खनालले गत वर्ष न्यू अनलाइन टिभी नामक युट्युबमार्फत आफ्नो अन्तर्वार्ता लिएको भन्दै नागरिक पत्रका पत्रकार गोकर्ण प्रसाद जोशीमाथि झुटो आरोप […]

१८ फाल्गुन, जनकपुर। आरती साह जस्तै अर्को घटना जनकपुरमा दोहोरिएको छ। फरक यति छ- यसपाली केटा परेको छ र विहे अगावै घटना भएको छ। जनकपुरको रामानन्द चौक भन्दा पश्चिममा रहेको टोलमा डेरा लिएर बस्दै आएका छात्र सिकीन्द्र यादवको गएको पौष २० गते आफ्नै कोठामा शंकास्पद मृत्यु हुन्छ। पोस्टमार्टम रिपोर्टले झुण्डेर आत्महत्या गरेको जिप्रका धनुषाको भनाई […]