Close sidebar

बाँकेमा ‘समुदायमा कांग्रेस’ अभियान सुरु

 

१६ माघ, बाँके। ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सुरु भएको छ। सहिद दिवसको अवसर पारेर नेपाली कांग्रेसले देशभर एकैसाथ अभियान सुरु गरेको हो ।

बाँकेमा पनि ८ वटा स्थानिय तहका ८१ वटै वडामा औपचारिक रुपमा अभियान सुरु भएको छ। यस अन्तर्गत आज बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत बैजनाथ गाउँपालिका वडा नम्बर ८ को टिटिहिरियामा एक कार्यक्रम गरीएको छ। नेपाली कांग्रेसका नेता वादशाह कुर्मीको उपस्थिति तथा वडा सभापति शुक्र बहादुर रावतको सभापतित्वमा अभियानको शुरूवात गरिएको छ भने वडाका विभिन्न टोलहरुमा यही माघ २६ गते सम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका गुनासोहरु प्रत्यक्ष रुपमा सुन्नेछन् ।

सम्बन्धित खवर