Close sidebar

आरती साह जस्तै अर्को घटना जनकपुरमा

१८ फाल्गुन, जनकपुर। आरती साह जस्तै अर्को घटना जनकपुरमा दोहोरिएको छ। फरक यति छ- यसपाली केटा परेको छ र विहे अगावै घटना भएको छ।

जनकपुरको रामानन्द चौक भन्दा पश्चिममा रहेको टोलमा डेरा लिएर बस्दै आएका छात्र सिकीन्द्र यादवको गएको पौष २० गते आफ्नै कोठामा शंकास्पद मृत्यु हुन्छ। पोस्टमार्टम रिपोर्टले झुण्डेर आत्महत्या गरेको जिप्रका धनुषाको भनाई रहेको छ।

सामाजिक अभियान्ता सरोज राय आफ्नो फेसबुक पेजमा लेख्छन्, “म स्वंम सिकीन्द्रको स्थाई घर सबैला पुगेको थिए र सामाजिक अन्वेषण गरेको थिए। सिकीन्द्र प्रेम सम्बन्धमा थिए, जाती पनि मिलेको थियो, दुवै पक्ष विहे गर्न राजी थिए, केटी आफ्नो आमासंग केटा सित निरन्तर भेटघाट गर्थे.. मृत्यु हुने दिन पनि केटा-केटी बिच फोन संवाद भएको थियो र सबै सामान्य नै थियो।

प्रहरीले पोस्टमार्टम रिपोर्टलाई आधार बनाई आत्महत्या मानेर थप अनुसन्धान गरेन भन्ने त्यो गलत हुनेछ। आत्महत्याको पनि कुनै कारण हुन्छ! बेलाबेलामा केटी पक्षबाट केटालाई धम्की दिने गरेको प्रमाणहरू मृतक परिवारसंग सुरक्षित रहेको छ।

तसर्थ, प्रहरीले मृतक परिवारको जाहेरी लिई अन्य पाटोबाट अनुसन्धान गर्दा मात्र सत्यतथ्य खुल्ने छ।”

सम्बन्धित खवर