Close sidebar

अभिनेत्रीको चरित्र हत्या गरेको भन्दै डिल्लीराम दोषी ठहर

१८ फाल्गुन, काठमाडौं। अभिनेत्रीको चरित्र हत्या गरेको भन्दै डिल्लीराम खनाललाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ। न्यायाधीस माधव प्रसाद अधिकारीको इजलासले खनाललाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि २७ फाल्गुनको पेसी तोकेको छ।

डिल्लीराम खनालले गत वर्ष न्यू अनलाइन टिभी नामक युट्युबमार्फत आफ्नो अन्तर्वार्ता लिएको भन्दै नागरिक पत्रका पत्रकार गोकर्ण प्रसाद जोशीमाथि झुटो आरोप लगाएका थिए। झुटो बयान दिएर फसाइएका पत्रकार जोशीले भने जिल्ला अदालतबाट सफाइ पाएका छन्।

विस्तृत अनुसन्धान नै नगरिकन आफुलाई अभियोग लगाएकोप्रति साईबर ब्युरोसंग यतिबेला पत्रकार जोशी रुष्ट छन्।

सम्बन्धित खवर