Close sidebar

सालिनले न्याय नपाएको भन्दै माईतीघरमा प्रदर्शन हुदै

२१ फाल्गुन, काठमाडौं। सालिनको न्यायको लागि आज माईतीघरमा प्रदर्शन हुदैछ। सालिनका आफन्त र केही अभियान्ता मिलेर आज दिउँसो ११ बजे माईतीघरमा कार्यक्रम गर्न लागिएको सालिनका बुवाले जानकारी दिए।

हिजोमात्र टिचिङ हस्पिटलले पोष्टमार्टम रिपोर्ट निकालेको थियो। रिपोर्टले सालिनको बलात्कार नभई आत्महत्या भएको देखाएको थियो। हस्पिटलले आफुलाई रिपोर्ट नदिएको भन्दै आफन्तहरुले प्रदर्शन गरेका थिए। लगतै प्रहरीले युवराज सफल र पुण्य गौतमलाई पक्राउ गरेको थियो। उनीहरु रिहा भैसकेको अवस्था छ।

ठुला मिडियाले पनि आफ्नो बारे गलत छापेको भन्दै आफन्तहरु रुष्ट छन। मिडियामाथि पैसा खाएको आरोपसम्म सालिनको परिवारले लगाएका छन्।

यी सबैको विरोधस्वरुप आज माईतीघरमा प्रदर्शन हुन लागेको हो। कार्यक्रममा सबैलाई आईदिन सालिनका बुवाले आग्रह गरेका छन्।

 

सम्बन्धित खवर