Close sidebar

बैजनाथ गाउँपालिका शिवालयमा महाआरती हुदै

चैत्र १, बाँके। बैजनाथ गाउँपालिका ५ वनखेतमा श्रृङ्गारिक महाआरती हुने भएको छ । बैजनाथ गाउँपालिका ५ जि गाउँ वनखेत शिवालय टोलमा आगमी चैत १ गते बाट ८ गते सम्म श्रृङगारिक महा– आरती ‘धर्म जागरण महा– महोत्सव २०८०’ सञ्चालन हुदैछ।

शिवालय मन्दिरको सर्वाङ्गीण विकास, धर्मशाला निर्माणर्थ र अक्षयकोष स्थापनार्थ गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको हो ।

जग्गा खरिद तथा भवन निर्माण र अक्षयकोष निर्माणका लागि महोत्सव संचालन गर्न लागिएको महा–आरतीका संयोजक दिपेन्द्र शाहले जानकारी दिनु भएको छ। महोत्सवमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ का स्थानीयहरुको व्यापक सहभागिता हुने विश्वास गरिएको छ ।

आज १० बजे जि गाउँ शिवालयमा हुने महा आरतीका लागी कलश यात्रा हुने भएकोले कलश सहित उपस्थित हुन मुल आयोजक समिति अनुरोध गरेको छ।

सम्बन्धित खवर